काँग्रेस एक हुनुको विकल्प छैन : महामन्त्री खड्का
तुलसीपुर । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस एक हुनुपर्ने बताएका छन्। लमही नगरपालिका–९ को अमिलियामा नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काको शालिक निर्माण कार्यको शिलन्यास गर्दै महामन्त्री खड्काले सो धारणा व्यक्त गरेका हुन् ।
‘अहिले काँग्रेस एक नहुँदा यो क्षति व्यहोर्नुपरेको छ’ उनले भने, ‘अब एक भएर मुलुकलाई अगाडि बढाउन आवश्यक छ ।’ अहिले काँग्रेस गुटउपगुटले कमजोर बन्दै गएको भन्दै गुटभन्दा माथि उठ्न आवश्यक रहेको उनले बताए। स्व खड्काको जन्म गाउँमा शालिक निर्माण शुरु गरिएको हो । उक्त सालिक ढलोटको र पूर्णकदको रहनेछ ।
नेपाली काँग्रेस दाङका जिल्ला सदस्य गोविन्द रेग्मीका अनुसार दाङको विकास निर्माणमा नेता खुमबहादुरले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे। कार्यक्रममा केन्द्रीय सदस्यद्वय दीपक गिरी, डा डिला सङ्ग्रोला, प्रदेश नं ५ का प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीलगायतले अब काँग्रेसले मुलुकको समृद्धिको लागि एकताबद्ध हुनुको विकल्प नभएको बताएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment