कांग्रेस सभापतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सभापति देउवाले मिर्गौला पुनःप्रत्यारोपणका लागि सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । “प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, सभापति देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।
यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment