देउवा ‘निर्मम’ भएपछि रणनीति बनाउन पौडेल समूहको भेला चाक्सीबारीमा

मदन कोइराला
२१ फागुन २०७६ ११:०५

काठमाडौं। १४ औं महाधिवेशनको मिति तोकिसकेको नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा महाधिवेशनलाई प्रभावित पार्ने गरी अगाडि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आवश्यक रणनीति बनाउने तयारीम जुटेको छ।

सभापति देउवाले एकलौटी रुपमा पार्टीको विभाग गठन, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका छन् भने ३० सदस्यीय ज्येष्ठ काँग्रेस सभासमेत गठन गरेका छन्।

आगामी वर्षको फागुनमा १४ औं महाधिवेशनको मिति तोकिएको छ भने वर्तमान केन्द्रीय कार्यसमितिको पदाविधि एक वर्ष थपिएको छ। थपिएको पदावधिमा एकलौटी रुपमा देउवाले नियुक्ति गरेपछि आवश्यक रणनीति बनाउने तयारी भएको पौडेल समूहका एक नेताले बताए।

पौडेल समूहका केन्द्रीय सदस्यहरु तथा राजधानीमा उपलब्ध जिल्ला सभापतिहरु तथा उपसभापतिहरु यतिबेला नेता प्रकाशनमान सिंहको निवास चाक्सीबारीमा भेला भएका छन्।

भेलाले काउण्टर रणनीति तय गर्ने भेलमा सहभागी एक नेताले बताए। भेलामा पौडेल, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, लगायतका नेताहरु सहभागी छन्।




प्रतिक्रिया