सुर्खेतमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु

डिसी नेपाल
२१ फागुन २०७६ १६:२६

सुर्खेत । रातानाङ्गला–धरमपोखरा सडक खण्डको वीरेन्द्रनगर १५ राउटे गल्छेनामा भएको जीप दुर्घटनामा परि ३ जनाको घटनस्थलमै मृत्यु भएको छ । दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप अनियन्त्रित भई बाटोबाट झण्डै चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ बस्ने अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, वीरेन्द्रनगर नगरपालिका–१५ का अन्दाजी ४५ वर्षीया खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४० वर्षीया गोमा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रवि रावलले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा चार जना घाइते भएका छन् ।

घाइतेहरुको उद्धार गरेर उपचारको लागि प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ । जीपमा सात जना सवार थिए ।




प्रतिक्रिया