प्रधानमन्त्री ओलीको सफल मृगौला प्रत्यारोपणको खबरले गैरआवासीय नेपाली खुशी छौँ : कुमार पन्त

डिसी नेपाल
२१ फागुन २०७६ १७:५९

काठमाण्डौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

पन्तले बुधवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाको खबरले गैरआवासीय नेपालीहरुलाई खुशी बनाएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा पन्तले प्रधानमन्त्री ओलीकाे दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दै उनको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न साथ दिने प्रण गरेका छन् ।

डा. प्रेम ज्ञवाली नेतृत्वको चिकित्सक टोलीले सफल मिर्गौला प्रत्यारोपण गरेको हो। मिर्गौला प्रत्यारोपणपछि सो प्रत्यारोपित मिर्गौलाले पनि काम थालिसकेको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन्।

अस्पतालले बुधबार अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्बन्धि जानकारी दिएको हो। अस्पतालका अनुसार प्रत्यारोपण सफल भएको छ। प्रधानमन्त्रीलाई हाल प्रत्यारोपण कक्षमै राखि उपचार गरिने अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्बन्धि सबै सूचांकहरु सकरात्मक रहेका छन्।

उता मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सन्तोशजनक रहेको अस्पतालले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *