बरिष्ठ डा. श्रेष्ठ सांगीतिक क्षेत्रमा, मेलिनासँगको धमकेदार गीत बजारमा (भिडियो)

डिसी नेपाल
२२ फागुन २०७६ १३:३३

काठमाडौं । सधैजसो नागरिकको स्वास्थ्य सेवामा सक्रिय डा. बुद्धिमान श्रेष्ठ सांगीतिक क्षेत्रमा उदायका छन् ।

काठमाडौँको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष समेत रहेका बरिष्ठ दन्त चिकित्सक श्रेष्ठले पछिल्लो पुस्ताकी लोकप्रिय गायिका मेलिना राईसँगको आवाज शेयरिङ्गमा नयाँ गीत बजारमा ल्याएका हुन् ।

‘‘रेलले तान्यो र, बैगुनी छौ भन्ने कसले जान्यो र’’ बोलको गीतमा बादल घिमिरेको शब्द संगीत रहेको छ । गीतको भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र चर्चित हाँस्यकलाकार सागर लम्साल ‘बले’ को दमदार अभियन रहेको छ ।

कृष्ण भान्जाको म्युजिक एरेन्जमेन्ट र श्यावश्वेत रसाइलीले मिक्सिङ गरेको गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका छन् ।

श्रेष्ठको गीत ‘‘रेलले तान्यो र’’ ले माया प्रेममा हुने धोका र पीडा र बैगुनीका बारेको चर्चा गरिएको छ। लामो समयदेखि चिकित्सा कर्म र व्यवसायमा समेत सक्रिय रहँदै आएका श्रेष्ठले नेपाली गीत संगीत प्रतिको माया र गायन सोखका कारण आफूँ सांगीतिक क्षेत्रमा होमिएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *