पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिद्वारा पदभार ग्रहण

डिसी नेपाल
२३ फागुन २०७६ २२:५७

इटहरी । पूर्वाञ्चल विश्वविद्यालयका हालै नियुक्त उपकुलपति डा यादवराज कोइरालाले विश्वविद्यालय रहेको मोरङको गोठगाउँमा शुक्रबार पदभार ग्रहण गरेका छन् । चार दिनअघि मात्र नियुक्त भएका उपकुलपति कोइरालाले गोठगाउँ पुगेर पदभार ग्रहण गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयको भौतिक पूर्वाधार गोठगाउँमा भए पनि लामो समयदेखि उपकुलपतिको कार्यकक्षसहित केन्द्रीय कार्यालय विराटनगरबाट सञ्चालन हुँदै आएकामा हालका उपकुलपति कोइरालाले गोठगाउँमै पुगेर पदभार ग्रहण गरेपछि स्थानीयवासी उत्साहित भएका थिए ।

हालै प्रतिनिधिसभाले केन्द्रीय कार्यालयसमेत गोठगाउँबाटै सञ्चालन गर्ने गरी विधेयक पास गरेको थियो । उपकुलपति कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयलाई विश्वमै चिनाउने गरी काम अघि बढाउने प्रतिक्रिया दिएका छन्।

पहिलेदेखिका उपकुलपतिलाई समेत गोठगाउँमै कार्यकक्ष बनाउन आग्रह गर्दै आएको भए पनि हालका उपकुलपति कोइराला आएर पदभार ग्रहण गरेका कारण अब चाँडै मेडिकल कलेजसहित भौतिक पूर्वाधार निर्माण अघि बढेर विश्वविद्यालयले सार्थकता पाउने स्थानीय शिव भट्टराईले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *