कोरोना संवेदनशीलताबारे मुख्यमन्त्री भट्ट र नगरप्रमुखबीच छलफल

डिसी नेपाल
२६ फागुन २०७६ २२:१०

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडबीच विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संवेदनशीलताका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज छलफल भएको छ । कोरोना भाइरस भित्रिन नदिन अपनाउनुपर्ने सतर्कताका विषयमा उहाँहरुबीच छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिए।

प्रदेशका अन्तरराष्ट्रिय नाकादेखि एक प्रदेश र अर्को प्रदेशका नाकामा सहायता कक्ष ‘हेल्थ डेस्क’ राख्ने विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव वलीको भनाइ छ । उपमहानगरपालिकाले केही दिन पहिले नै कैलालीको त्रिनगर भन्सार नाकामा हेल्थ डेस्क राखेर भारतबाट आउने व्यक्तिलाई जाँच गर्ने र परामर्श दिने काम गरिरहेकाले त्यसमा प्रदेश सरकार पनि समन्वय गरेर जाने विषयमा छलफल भएको बताइएको छ । “त्रिनगर सीमा नाकामा हेल्थ डेस्क राखेर काम गरिराखेको र जाँचका क्रममा बिरामी भेटिएमा स्वास्थ्य संस्थासम्म पु¥याउने एम्बुलेन्स नभएको कुरा मुख्यमन्त्रीलाई जानकारी गराएको छु”, उपमहानगरपालिकाका प्रमुख वडले भन्नुभयो, उहाँले प्रदेश सरकारबाट व्यवस्था गर्छु भन्नुभएको छ ।”

सीमामा दैनिक सात सयदेखि एक हजारसम्म भारतबाट नेपाल भित्रिने मानिसको जाँच भइरहेको बताइएको छ । भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको सङ्क्रमण देखापरेको खबर बाहिर आएपछि नेपाल–भारत सीमावर्ती शहर धनगढीमा उच्च सतर्कता अपनाइएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *