प्रधानमन्त्री ओलीको ‘लाेकप्रिय’ निर्णय

डिसी नेपाल
२७ फागुन २०७६ १२:०१

नेपालीको मुहारमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभले खुशी छाएको छ। मलाइ पनि प्रत्यक्ष उपस्थित भएर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न मन थियो। तर म यही संचारमाध्यममार्फत मुलुकका जननिर्वाचित प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्छु। मुलुकका जननिर्वाचित प्रधानमन्त्री स्वस्थ हुनु जनताका लागि खुशीको कुरा हो।

यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दी विरुद्ध लिएको अडानले आफ्नो राष्ट्रवादी छवि उँचो बनाएका प्रधानमन्त्री ओलीले अहिले मुकुकभित्रै मृगौला प्रत्यारोपण गराएर नेपाली जनताको मन जित्ने प्रयास गर्नु भएको छ।

नेपालीको मुहारमा प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदा खुशी छाइनु स्वभाविक नै हो । प्रधानमन्त्रीको लेभलका मानिसलाई मुलुकभित्रकै नेपाली नागरिक डाक्टरले नेपाल सरकारले संचालन गरेको अस्पतालमा जुन प्रकारको स्वास्थ्य उपचारको प्रबन्ध मिलाइयो र मृगौला प्रत्यारोपणको कार्य सम्पन्न गरियो यसले नेपाली नागरिकको खुसी अझै थपिएको छ।

एकातर्फ मुलुक हाँक्ने जिम्मेवारी लिएर मुलुक हाँक्नु, अर्काेतर्फ समानान्तर पार्टीलाई मिलाएर सँगै लिएर हिँड्नु अनि विश्व समुदायमा नेपाललाई समस्या मुक्त बनाएर सबै मुलुकसँगको सम्बन्धलाई सुमधुर बनाएर मुलुक चलाउनु आफैंमा धेरै ठूलो उपलब्धि हो।

आम नेपाली नागरिकलाई स्वास्थ्य उपचारप्रति आफ्नै मुलुकमा भएको यस किसिमको प्रगतिले खुशी तुल्याएको छ। नेपाली नागरिक अब जटिल उपचारको लागि विदेश जानुपर्ने, विदेशमा खर्च धान्न नसकिने जस्ता समस्या घट्दै जाने र स्वदेशमै स्वास्थ्यलाभ गर्न सकिने कुरामा आशावादी छन् । नागरिकमा जीवनप्रति नयाँ आशाको संचार भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यका कारण देशका धेरै कुराहरु प्रभावित भएका छन् । स्वास्थ्ष्यका कारण अन्य क्षेत्रका लागि आवश्यक समय अभाव अनि प्रधानमन्त्रीले गर्नै पर्ने काम कारवाहीका हिसाबले समेत हुनैपर्ने र पर्याप्त काम हुन नसक्दा मुलुकको विकासको गति अवरुद्ध हुन पुगेका छन्। प्रधानमन्त्री स्वस्थ भएर फर्किएपछि विकासको कामले गति लिनुपर्छ। नेपालीको चाहना पनि यही हो।

अहिले प्रधानमन्त्री ओलीकै पार्टी नेकपाभित्र कोही ‘झर्ला र खाँउला’ भनेर जुर्मुराएर बसेका थिए होलान्। तर त्यस किसिमको दुःखद परिस्थितिले निम्त्याउने अवसर आउँछ भनेर जुर्मुराउनु राम्रो होइन। अहिले उनीहरुको जुर्मुराई निरर्थक हुनु पनि राम्रो हो। भोलिका दिनमा पनि यस्ता अवसरवादीका यस किसिमका चाहना तुहिउन् भन्ने हाम्रो कामना पनि हो।

लेखक : जगदीश दाहाल

यसैगरी एकीकृत पार्टीको रुपमा नेकपा गठन गरेर दुई वटा समानान्तर राजनीतिक शक्तिलाई करिब बराबरीको हिसाबले मिलाएर एकीकृत गर्नु अनि सँगै लिएर हिँड्नु सजिलो थिएन।

एकातर्फ मुलुक हाँक्ने जिम्मेवारी लिएर मुलुक हाँक्नु, अर्काेतर्फ समानान्तर पार्टीलाई मिलाएर सँगै लिएर हिँड्नु अनि विश्व समुदायमा नेपाललाई समस्या मुक्त बनाएर सबै मुलुकसँगको सम्बन्धलाई सुमधुर बनाएर मुलुक चलाउनु आफैंमा धेरै ठूलो उपलब्धि हो।

त्यस्तो बेलामा प्रधानमन्त्रीको शारीरिक अवस्थाले कतिपय कुरा उठ्नु र सृजना हुनु अनि उपचार गर्दै र मुलुक चलाउँदै जानुले यो सरकारबाट अपेक्षा गरे अनुसारको काम नभएको कुरा पनि सत्य हो।

झण्डै दुई तिहाई बहुमतको सरकारले पनि मुलुकमा भनेजस्तो गरी विकास गर्न नसक्नु मुलुकका लागि दुर्भाग्य नै हो। अर्कोतर्फ नेकपाको शक्तिलाई देखेरै होला, उग्र दक्षिणपन्थी शक्ति भनिएका राप्रपा एकीकृत हुन खोज्नुले (यद्यपी उनीहरु एकीकृत नेता हुने हुन्, जनता कति हुन्छन्) एक किसिमको तरंग देखिएको छ।

त्यस्तै गरी भोलि मधेस केन्द्रित दलका एकीकरणका कुराहरु र उग्र दक्षिणपन्थीका एकीकरणका विषय पनि चर्चामा छन् । ठूला राजनीतिक दलका बीचमा हानाथाप र बिग्रह आइरहेका बेला यसरी वैकल्पिक शक्तिको एकीकरणका का कुराहरु सुरु हुनुले मुलुकको हित गर्दैन।

यसैगरी आज कांग्रेसमा नेतृत्वको बल मिच्याँई र त्यसप्रति कार्यकर्ताको बितृष्णाले निम्तिने जे जति समस्या आउँछन्, त्यसले नयाँ परिस्थिति नजम्माउला भन्न सकिँदैन। छिमेकीले के चाहेको छ कसैले पनि भन्न सकिरहेको छैन।

छिमेकीले के गर्दैछ भन्ने पनि कसैले भन्न सकिरहेको छैन। नेपालका स्थायी स्तम्भहरु हिजो जसरी भत्काइएको वा मासिएका छन्, आज त्यसैगरी प्रशासनयन्त्र राणाकालकै छ भनिदैछ, सेनाको संरचना राणकालकै छ भनिँदैछ। यसमा परिवर्तन ल्याउनुपर्छ र भत्काउनुपर्छ पनि भनिँदैछ। यी कुराले मुलुक कहाँ पुर्याउने हो र सम्बन्धित निकायलाई कति पाच्य हुने हो? त्यसको परिणाम के हुन्छ, त्यो हेर्न बाँँकी नै छ।

तर छिमेकीले त्यसमा खेल्ने भूमिका र उसको चाहना के हो भनेर बुझ्न जरुरी छ। यद्यपी त्यो नबुझ्दा छिमेकी र परराष्ट्र मामिलाबाट सही कुराको पहिचान नहुँदा वा गर्न नसक्दा मुलुकमा अब आउने परिस्थितिको सही आँकलन हुन नसक्दा के परिस्थिति निम्तिन्छ त्यो भन्न सकिने अवस्था छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *