बलात्कार आरोपीलाई साढे ७ वर्ष कैद सजाय

डिसी नेपाल
२७ फागुन २०७६ २०:२२

अछाम। जिल्ला अदालत अछामले छुट्टाछुट्टै घटनाका बलात्कार आरोपीलाई दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको छ ।

न्यायाधीश नवीनकुमार जोशीको इजलासले गत साउन महिनामा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई सात वर्ष छ महिना कैद र रु दुई लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए।

रावल राति घरमै आएर बलात्कार गरेको भन्दै पीडित महिलाले साउन महिनामै प्रहरीमा उजुरी दिएकी थिइन । उजुरी परेपछि रावललाई गत साउन १७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । महिलाका श्रीमान् भारतमा रहेको अवस्थामा उनीमाथि बलात्कार भएको जनाइएको छ ।

यस्तै १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका साँफेबगर नगरपालिका–३ का ३९ वर्षीय हीरण्डबहादुर कुँवरलाई नौ वर्ष कैद र १० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ । गत भदौमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरीसहित प्रहरीमा उजुरी दिएको थिइन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *