शुक्रराज ट्रपिकल अस्पतालमा विरामीको चाप बढ्यो, ३ जना विरामी आइसोलेशनमा

धनकुमार कार्की
२९ फागुन २०७६ १७:०८

काठमाडौं। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो हप्ता बिरामीको चाप ह्वात्तै बढेको छ। चिनको हुवानबाट बाट सुरु भएको कोरोना भाइरस यतिबेला अधिकांश देशहरुमा फैलीरहेको छ। यतिबेला नेपालमा कोरोना भाइरसको शंक्रमण नदेखिएता पनि सर्वसाधारणमा सन्त्रास फैलाइरहेको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अन्य समयमा दैनिक औसत ३०० जना साधारण बिरामी आउने गरेका थिए। पछिल्लो हप्ता कोरोना भाइरसको आशंकामा मात्रै दैनिक औसत ३०० जना ज्वरो आएका र खोकी लागेका बिरामी मात्र जाँच गर्न आउने गरेका छन। पछिल्लो पटक दैनिक ८ सय विरामी आउने गरेको अस्पतालले जनाएको छ।

यस्तै वैदेशिक रोजगार तथा बिभिन्न कामका लागी बिदेश जानेहरुलाई स्वस्थ प्रमाणपत्र प्रदान गर्ने जिम्मेवारी पनि सरकारले यतिबेला शुक्रराज अस्पताललाई नै दिएका छ। यस्ता सेवाग्राही पनि दैनिक २०० जना आउने गरेका छन। यसले गर्दा अस्पतालमा भिड लाग्ने गरेको छ।

अहिलेसम्म कोरोना भाइरसको आशंकामा ४२ जना बिरामी आइसोलेसनमा बसेकामा सुरुमा संक्रमित देखिएका एकजना पूर्णरुपमा निको भई घर फर्केका छन भने ३८ जनाको नेगेटिभ रिपोर्ट आएपछि घर फर्केका छन।

हाल ३ जनाको आईसोलेसनमा नै राखेर परिक्षण भईरहेको छ। उनिहरुमा २ जना आजमात्र आइसोलेसनमा राखिएको हुनाले २४ घण्टाभित्र रिपोर्ट आएपछि घर पठाउने वा थप उपचारका लागी राख्ने भन्ने टुङ्गो लाग्ने अस्पतालका प्रशासन प्रमुख रुपनारायण खतिवडाले बताए। फागुन २७ गत्तेबाट आइसोलेसनमा भएकाहरुलाई मनोबैज्ञानिक असर नपरोस भनेर मनोसामाजिक परामर्श सेवा सुरु गरेको पनि खतिवडाले बताए।

कोरोना भाइरसलाई मध्यनजर गरेर १ हप्ता अघिदेखी अरु बिरामी भर्ना नगरी तयारी अवस्थामा बसेको तर बिदेश जानेलाई दिने स्वस्थ प्रमाणपत्र दिने काम पनि आफूहरुलाई दिएर सरकारले लोड दिएको अस्पतालका निर्देशक डा. सागर कुमार राजभन्डारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *