घरेलु मदिरा सेवनबाट एकै गाउँका छ जनाको मृत्यु

डिसी नेपाल
३० फागुन २०७६ १३:३६

जनकपुरधाम। धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका छको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति छ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव, ३० वर्षीय राजु महरा, ३६ वर्षीय गुदरी महरा, ३० वर्षीय रामनारायण महरा, ४२ वर्षीय बिलास मण्डल र परवाहाका गिरिजानन्द झा रहेको इप्रका महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए। प्रहरी निरीक्षक नायकले होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवनको उनीहरुको मृत्यु भएको बताए।

मृतकलाई जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ। घटनाको अनुसन्धानमा मृतकको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *