पोर्चुगलमा काम गर्ने एक नेपालीलाई कोरोना भाइरस भएको पुष्टी

डिसी नेपाल
३ चैत २०७६ ८:३७

काठमाडौँ । पोर्चुगलमा रहेका एक नेपाली नागरिकलाई कोरोना भाइरस भएको पुष्टी भएको ।

पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपालीलाई कोरोना संक्रमण भएको फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएतापनि उनको नाम, उमेरको बारेमा भने पूर्ण जानकारी गोप्य नै राखिने त्याहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । आइतबार मात्रै थप ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

सोमबार बिहानसम्म पोर्चुगलमा २ सय ४५ जना संक्रमित भएका छन् । जसमध्ये आइतबार मात्रै ७६ जना नयाँ संक्रमित फेला परेका हुन् । जसमध्ये ९ जनाको गम्भीर अवस्थामा उपचार भइरेको छ।

विश्वका १५७ देशमा देखिएको कोरोना संक्रमणबाट ६ हजार ५ सय १६ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ६९ हजार ५ सय ५६ जना संक्रमित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *