प्रदेशसभा सञ्चालन गर्न कांग्रेसको माग

डिसी नेपाल
३ चैत २०७६ २२:५८

कैलाली । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेता डा रणबहादुर रावलले गत माघदेखि सुचारु हुन नसकेको प्रदेशसभा सञ्चालन गर्न प्रदेश सरकारको कुनै सुरसार नदेखिएको आरोप लगाएका छन्।

काँग्रेस संसदीय दलको कार्यालयले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विश्वव्यापी रुपमा फैलिँदैं गएको कोरोना भाइसरको सङ्क्रमण, सीमा अतिक्रमण, शान्ति सुरक्षा जस्ता गम्भिर प्र्रश्नका विषय सदनमा छलफलका लागि चाँडो भन्दा चाँडो प्रदेशसभा सञ्चालन गर्न प्रदेश सरकारसँग जोडदार माग गरेका हुन्।

प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई लिएर कुनै रणनीति बनाएर अगाडि बढन नसकेको नेता रावलले बताए। उनले भने, “अलग्गै ठाउँमा आइसोलेसन वार्ड बनाएर यावत् कुराप्रति ध्यान दिन जरुरी छ ।”

जनताले आशा र अपेक्षा गरेको दुई तिहाई बहुमतको प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको राजपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले प्रदेश सरकारले छिटो भन्दा छिटो प्रदेशसभा सञ्चालन गरेर गम्भिर सवालमा आफूहरुले छलफल गर्न पाउनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *