पुनर्बीमा कम्पनीको एक अर्व ६० करोडको साधारण सेयर आजदेखि
काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री खुला भएको छ। यस साधारण शेयरमा आवेदन दिने समय चैत ७ गतेसम्म रहनेछ।
प्रतिकित्ता एक सय रुपैयाँ अंकित शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाको सि–आश्वा तथा मेरो शेयर एप्सबाट आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी गर्न लागेको कूल शेयरमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ। यस्तै आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
यसपछि बाँकी एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता शेयर भने आम सर्वसाधारणलाई बिक्री गरिने निश्कासन तथा शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङले जनाएको छ।
नेपालको एकमात्र पुनर्बीमा कम्पनीको चुक्ता पुँजी आठ अर्ब ४० करोड रहेको छ। साधारण शेयर बिक्रीपछि कम्पनीको पुँजी १० अर्ब पुग्नेछ।
सार्वजनिक तथा निजी साझेदारी नीतिअन्तर्गत सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७२ साल साउन १ गतेदेखि आफ्नो पुनर्बिमाको कारोबारको गर्दै आएको छ।
कम्पनीले स्वदेशका जीवन तथा निर्जीवन बिमा कम्पनी र विदेशी बिमा तथा पुनर्बिमा कम्पनीहरूसँग कारोबार गरी आव ०७४/७५ अन्त्यसम्म कुल ४ अर्ब रुपैयाँ पुनर्बीमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment