सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ।। सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यानले मंगलबार शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत जो योङ म्यानले सभामुख सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गरेका थिए।
भेटमा सभामुख सापकोटाले उत्तर कोरियाले वार्ताका माध्यमबाट समस्या समाधानका लागि गरिरहेको पहलले विश्वभर सकारात्मक सन्देश गएको बताए।
उनले कोरोना भाइरसले विश्वलाई भयभित बनाइरहँदा उत्तर कोरियाले अपनाएको सतर्कता राम्रो पक्ष भएको उल्लेख गरे। राजदूत जो योङ म्यानले उत्तर कोरियाले अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विस्तारका लागि पहल गरिरहेको बताए। उनले नेपालले कोरोना रोक्न गरिरहेको प्रयासको प्रशंसा गर्दै सफलताको कामना गरे।
उत्तर कोरियाले अपनाएको सतर्कताले अहिलेसम्म देशमा कोरोना संक्रमण नदेखिएको बताउँदै नेपालमा पनि कोरोना संक्रमण नभेटिनुु सुखद पक्ष भएको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment