कोरोना प्रभावित सबै देशहरुबाट नेपाल आउन प्रतिबन्ध
काठमाडौँ । संसारभर आतंक मच्चाइरहेको कोरोनाको संक्रमण फैलन सक्ने सम्भावित जोखिमलाई रोक्न भन्दै नेपाल सरकारले कोरोना प्रभावित सबै देशहरुबाट नेपाल आउने यात्रुहरुलाई पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतमा बुधबार बसेको बैठकले आगामी मार्च २० तारिख शुक्रबारबाट लागू हुने गरि अप्रिल १५ तारिखसम्मका लागि प्रतिबन्ध लगाउने निणर्य गरेको हो ।
युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाउने भएको हो । यस सम्बन्धी सूचना विदेशस्थित कुटनैतिक नियोगमा तत्कालै जानकारी गराइने बताइएको छ ।
बैठकमा समितिका संयोजक पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियो।


No ads found for this position

डिसी नेपाल
how abt from hongkong on 21 March