राष्ट्रपति भण्डारीबाट बङ्गलादेशका राष्ट्रपिताको योगदानको प्रशंसा

डिसी नेपाल
५ चैत २०७६ २०:५७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेशका राष्ट्रपिता मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिनालाई बुधबार एक भिडियो सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।

सन्देशमा राष्ट्रपति भण्डारीले बङ्गबन्धुका नामलेसमेत परिचित बङ्गलादेशका राष्ट्रपिताको राष्ट्रनिर्माण तथा बङ्गलादेशको आर्थिक, सामाजिक विकासमा गरेको योगदानको प्रशंसा गरेकी छन् । उनले नेपाल र बङ्गलादेशबीच व्यापार, पर्यटन लगानी सम्पर्क सञ्जाल र जनस्तरको दुईपक्षीय सम्बन्ध विकासको प्रचूर सम्भावना रहेको पनि सन्देशमा उल्लेख गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *