सुनवल–परासी सडकखण्डका घर खाली गर्न सूचना

डिसी नेपाल
५ चैत २०७६ २२:४१

रुपन्देही । व्यापारिक मार्ग विस्तार आयोजनाले सडक सीमा मिचेका बुटवलका घरधनीलाई १५ दिनभित्र खाली गर्न बुधबार सूचना जारी गरेको छ। लामो समयदेखि अदालतको आदेशका कारण अलमलमा परेको बुटवलको सडक विस्तारकार्य अगाडि बढाउन आयोजनाले सूचना जारी गरेको हो ।

योसँगै आयोजनाले सुनवल परासी सडकखण्डका सडकको केन्द्रदेखि दायाँबायाँ २५/२५ मिटर सीमाभित्र बनेका घर तथा टहरा हटाउन सूचना जारी गरेकोे छ । आयोजनाले उच्च अदालत तुल्सीपुरको बुटवल ईजलासले गरेको आदेश बमोजिम मुआब्जा प्रक्रियाका लागि निवेदन दिएका घरधनीमध्ये कमलादेवी श्रेष्ठ, जनक कोइराला, किशोरकुमार श्रेष्ठ, सायरा खातुन र जीवनलाल बज्राचार्यको बाहेक अन्यको मुआब्जा दिन नपर्ने निर्णय गरिएको समेत सूचनामा उल्लेख छ । सडक विस्तारले आफूहरुको स्वामित्वको जग्गा सरकारी बन्ने हँुदा मुआब्जाकोे माग गर्दै बुटवलको सडक किनाराका १५५ जना घरधनीले उच्च अदालत तुल्सीपुरको बुटवल ईजलासमा रिट दायर गरेका थिए ।

उनीहरुको निवेदनमा फैसला गर्दै अदालतले जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । जिल्ला प्रशासन कार्यालयले मुआब्जा प्रक्रिया अगाडि बढाउदासमेत घरधनीहरुको पक्षमा नभएपछि घरधनी पुनरावेदनको लागि गृह मन्त्रालय गुहारेका थिए । तर, गृहलेसमेत जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय नै सदर गरेको छ । सडक किनारका घरधनीहरुको अवरोध र अदालतको आदेशका कारण दुई वर्ष अगाडि काम शुरु भइसक्नुपर्ने बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सडक काम शुरु हुन सकेको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *