प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भोलि भारत भ्रमणमा जाँदै

डिसी नेपाल
५ साउन २०८३ १३:१९

काठमाडौं। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भोलि (बुधबार) आफ्नो पहिलो औपचारिक वैदेशिक यात्राका क्रममा भारत जाँदै छन्। सर्वोच्च अदालतको सर्वोच्च पद सम्हालेपछि उनको यो नै पहिलो विदेश भ्रमण हो।

भारतीय प्रधानन्यायाधीश सूर्यकान्तको औपचारिक निमन्त्रणामा हुन लागेको यस भ्रमणको विस्तृत कार्यतालिका भने सार्वजनिक भइसकेको छैन।

भ्रमणका क्रममा दुई देशका सर्वोच्च अदालतबीचको द्विपक्षीय सम्बन्ध, न्यायिक सहकार्य तथा अनुभव आदानप्रदानका विषयमा छलफल हुने बताएकाे छ।

भारतको पुणे विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर हासिल गरेका प्रधानन्यायाधीश शर्माको यो भ्रमणलाई उनको पूर्वशैक्षिक सम्बन्ध र उच्च न्यायिक कूटनीतिकैसँग जोडेर हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *