‘भिसा सकियो भनेर विदेशमा भएका नेपाली आत्तिनुपर्दैन, बाटो खुलेपछि मात्रै आउनुहोस्’
काठमाडौँ । विदेशमा भिसा सकिएर नेपाल फर्कने तयारीमा रहेका कुनै पनि नेपाली आत्तिनु पर्ने अवस्था नरहेको सरकारले जनाएको छ । सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण प्रसाद विडारीले यस्तो बताएका हुन्।
कोरोनाको संक्रमण फैलन सक्ने सम्भावित जोखिमलाई रोक्न भन्दै नेपाल सरकारले प्रभावित सबै देशहरुबाट नेपाल आउने यात्रुहरुलाई शुक्रबारदेखि पूर्णरुपमा प्रतिबन्ध लगाउने निणर्य गरेको थियो । सरकारको यो निणर्यपछि विदेशमा भिसा सकिएर नेपाल फर्कन तयारी अवस्थामा रहेका कतिपय नेपाली अन्यौलमा परेका थिए ।
सचिव विडारीले विदेशमा रहेका नेपालीहरुलाई ढुक्कसँग बस्न आग्रह गरेका छन्। यो अवस्थामा भिसा अवधि सकियो भनेर कुनै पनि मुलुकले देश निकाला नगर्ने भन्दै उनले नआत्तिकन बस्न आग्रह गरेका हुन् । उनले बाटो खुलेपछि मात्रै आउन सुझाएका हुन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतमा बुधबार बसेको बैठकले आगामी मार्च २० तारिख शुक्रबारबाट लागू हुने गरि अप्रिल १५ तारिखसम्मका लागि प्रतिबन्ध लगाउने निणर्य गरेको थियो।
युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने नेपालीसहित सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाइएको हो । यस सम्बन्धी सूचना विदेशस्थित कुटनैतिक नियोगमा पनि जानकारी गराइएको छ ।
No ads found for this position

डिसी नेपाल
यहि आउदो April को 3 तारिखमा दोहाबाट मेरो उडान हुने वाला थियो र आउने जुलाई को 18 तारिखमा नेपाल एयर लाइन्स को टिकट सो उडान रद भएपछि न त टिकटको रिफन्ड दिदैछ न टिकटको डेट बढाउछ। सरोकार वालासगं के आशा गरुं यदि गलत छू भने मेरो फोन नं. 0097455011633