गाउँमा संगै झर्‍यो हर्षको आँशु र धाराबाट पानी

डिसी नेपाल
६ चैत २०७६ २१:३८

मुगु । स्थानीय पञ्चकला नेपाली गाउँमै पानीको धारा आए पछि अहिले साहै हर्षित भएकी छन् । विगत ११ वष देखि नाउलो (कुवा)को पानी पिउदा निकै सम्मस्या भएको उनि सुनाउछिन् ।

गाउँमा पुरानो धारा थियो । २०६५ साल तिर सुक्यो । धारा सुकेपछि गाउँमा भएको एउटामात्र नाउलोको पानीले प्यास मेटाउनु पथ्र्यो । विगतको तितो अनुभव सुनाउँदै पञ्चकला भन्छिन्, ‘यो नाउलो सानो थियो, गाँउलेहरु पालो कुरेर पानील्याउनु पथ्र्यो । गाउँमा नै धारा बनाई दिन तत्कालिन गाउँ विकास समिती, जिविस, माननिय, एनजिओ सबैलाई भन्यों । निवेदन पनि दियाैं । सबैले आश्वासन मात्र दिए कसैले सुनुवाई गरेनन । गाउँमा धारा नहुँदा नाउलो कै फोहोर पानी पिउनु पथ्र्याे, सबैको एउटै नाउलो भएकाले पानी दुषित हुन्थ्यो । रुगा, खोकी, झाडा पखालाका सताइरहन्थ्यो ।’ पञ्चकला खुसिहुँदै धाराको पानी पिउने सपना पुरा गरिदिने सहयोगी सबैलाई धन्यबाट दिन्छन् ।

स्थानीय झीमु नेपाली पनि कम्ता खुसि छैनन् अहिले । छिमेकिले धाराको पानी पिएको देख्दा हाम्रा लािग यो सपना मात्र हो जस्तै लाग्थ्यो । उनले भनिन्,। ‘संगैका अन्य छिमेकी गाउँमा खाने पानीका धाारा छन् हामी नाउलामा खानु पथ्र्याे गरिव, दलित भनेर हेला गरेका त होलान सोचेका थियौ । विगतमा कसैले वास्ता नगरेपछि गाउँमा पानी आउने आश मारिसकेका थियौं ।’

मुगु जिल्ला स्थित छायाँनाथ रारा नगरपालिका–६ रन्जनबालै गाउँका २२ घरधूरी दलित समुदायले ११ वर्ष पछि गाउँमै खाने पानीका धारा पाएका छन् ।

२०६५ सालमा गाउँको परम्परागतधाराको मुहान सुकेपछि ११ बर्ष यता गाउँबाट टाढा रहेको मुहानको पानी ल्याउन आर्थिक तथा प्राविधिक सहयोगका लागि विभिन्न निकाय र संघ सस्थामा धाए पनि पानी खाने सपना पुरा नभए पछि निरास भएका उक्त गाउँका स्थानीय छायाँनाथ रारा नगरपालिकाको सहयोगमा स्वच्छ पानी पिउन पाउने भएका हुन् ।

छायाँनाथ रारा नगरपालिकाले आफनो आर्थिक बर्ष २०७५/०७६ सालको बजेटमा रन्जन बालै गाँउमा पानी ल्याउन बजेट विनियोजन गरि यो कार्यमा हातेमालो गर्न गैर सरकारी संघ सस्थाहरुलाई आग्रह गरेको थियो ।

स्थानीय सरकारको आग्रह पछि जिल्लामा क्रियासिल सहयोगी हातहरुको समुह (साहास नेपाल), हिमाली ग्रामिण समाज विकास केन्द्र(हिरिसडेक) र स्थानीय हातेमालो महिला कृषि समुहले नगरपालिकासँग सहकार्य गरेर गाँउमा खाने पानी पुराउन सफल भएका हुन ।

नगरपालिकाले ३ लाख, साहास नेपालले ३ लाख ७९ हजार, हिरिसडेकले १ लाख २० हजार नगद र कृषि समुहले ५ लाख ११ हजार ७ सय ६५ रकम बराबरको श्रमदानगरी गाउँमा ४ वटा धारा निमार्ण गरिएको हो ।

बुधबार गाँउमा खाने पानीको उद्घाटन गर्न पुगेका छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले गाउँलेको बास्तविक आवश्यकतामा आधारित भएर स्थानीयहरुले माग गरेको योजनामा स्थानिय सरकार र साझेदारी संस्थाहरुले लगानी गर्दा आज वर्षौ पछि यस गाउँका स्थानियले शुद्घ खाने पानी पिउन पाउने भएका छन्,।

११ वर्ष पछि घरकै आगनमा खानेपानीका धारा बनेपछि गाँउलेहरुको मुहारमा खुशी छाएको छ, गाँउले मात्रहोईन गाँउ मै रहेको विद्यालयमा पनि गाँउलेहरुले एउटा धारा दिएका छन, विद्यार्थीहरु पानीतिर्खा लागेमा घर जानु पर्ने बाध्यता थियो त्यो हटेको शिक्षक कमल नेपाली बताउछन् । यो विद्यालयमा २१ जना विद्यार्थी अध्यनरत छन ।

कूल ७ लाख ९९ हजार नगद र ५ लाख ११ हजार सातसय जन–श्रमदानमा निमार्ण भएको यस खानेपानी आयोजनाबाट रन्जनबालै गाँउका २२ घरधुरीका २ सय १८ परिवार लाभान्वित भएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *