सर्वसाधारणलाई मास्क वितरण
रामपुर । कोरना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै तरुण दल रामपुरले निःशुल्क मास्क वितरण गरेको हो ।
बेझाड बजार चोकमा मास्क वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गरे ।
नगरप्रमुख थापाले बाहिरबाट रामपुर भित्रने नागरिकको स्वास्थ्य परीक्षण गर्न विभिन्न नाकामा हेल्प डेस्क स्थापना, आइसोलेसन कक्षका लागि पाँच श्याको तयारी गरिएको जानकारी दिए। रामपुरमा मास्कको अभाव सिर्जना हुन नदिन रामपुर नगरपालिकाकाले मास्क उत्पादन गर्न लागेको नगरप्रमुख थापाले बताए ।
कोरना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन आज एक हजार मास्क वितरण गरिएको र यसलाई निरन्तरता दिने तरुण दल नगर सभापति शङ्करबहादुर खाँणले बताए । साथै सोही अवसरमा सर्वसाधारण नागरिकलाई कोरना भाइरस सङ्क्रमणबारे प्रशिक्षण दिइएको छ । दुई हजार मास्क रामपुर स्थित विभिन्न सङ्घसंस्थालाई वितरण गर्ने तरुण दलका सदस्य प्रकाश क्षेत्रीले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment