कतारबाट थप १ सय ५० जना नेपाली डिपोर्ट, अझै गरिने सम्भावना

डिसी नेपाल
७ चैत २०७६ १३:१५

काठमाडौं। कतारले बिहीबार थप १ सय ५० जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरुलाई सरकारको निर्देशन उल्लंघन गरेको आरोपमा पक्राउ गरेर स्वदेश फकाईएको हो । उनीहरु गएको शुक्रबार कतारको औद्योगिक क्षेत्र सनैयाबाट पक्राउ परेका हुन् ।

‘हिजो कतार एयरवेजको उडान नम्बर ६४४ बाट उहाँहरुलाई पठाइएको रहेछ । म पनि सोही उडानमा नेपाल आएको थिएँ । उहाँहरुका अनुसार आज पनि थप नेपालीलाई स्वदेश फर्काइदैछ रे,’ उनीहरुसँगै एउटै उडानमा कतारबाट काठमाडौँ आएका महेश्वर नेपालले डिसी नेपाललाई बताए । महेश्वरलाई उनीहरुले बताएअनुसार केहीलाई बाहिर किनमेल गर्न गएको अवस्थामा त कतिपयलाई भलिबल खेलिरहेको बेलामा खेलमैदानबाट पक्राउ गरिएको हो ।

कतारमा कोरोनाले उग्ररुप लिन थालेको छ। कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न भन्दै जोखिम मानिने सनैया एरियाका आप्रावासी कामदारहरुलाई अघिल्लो हप्ता नै बाहिर नहिंंड्न निर्देशन दिइएको थियो । तर, सम्बन्धित निकायबाट समयमै आफूहरुलाई सूचना नभएको उनीहरुले बताएको नेपालले बताए । गएको सोमबार पनि आदेश उल्लघंन गरेरे भीडभाडमा गएको भन्दै २ सय ५० नेपालीसहित अन्य देशका नागरिकहरुलाई पक्राउ गरेर स्वदेश फर्काइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *