दुबईबाट नेपाली कामदार जवर्जस्ती फर्काइन सक्ने दूतावासको रिपोर्ट

डिसी नेपाल
८ चैत २०७६ १५:०१

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले सो देशमा रहेका नेपाली कामदारहरुलाई अनिवार्य सामूहिक रुपमा नेपाल फिर्ता गर्ने स्थिति आउन सक्ने जानकारी नेपाल सरकारलाई दिएको छ । अबुधावीस्थित नेपाली दूतावासले यसबारे तत्काल नेपाल सरकारको श्रम मन्त्रालयलाई खबर पनि गरिसकेको छ ।

युएईका दुबई र अबुधावीलगायतका ठाउँमा लाखौ नेपाली कामदारहरुहरु उद्योग, कारखाना तथा कार्यरत स्थानहरु कोरोनाभाइरसका कारण बन्द भएका छन् । त्यहाँ रहेका लाखौं नेपालीहरु सेल्फ क्वारेन्टाइनमा छन् । रोजगारदाता कम्पनीहरुले काम नगरेको अवधिको रकम दिन नसक्ने, कोरोना भाइरस संक्रमण भइ बिरामी भए उपचार गर्न नसक्ने भन्दै कामदारहरुलाई नेपाल फर्कन दबाब दिन थालेको रिपोर्ट नेपाली दूतावासले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गरेको छ ।

श्रम तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले कामदारहरुलाई अनिवार्य फिर्ता गर्न सक्ने रिपोर्ट युएईस्थित राजदूतले आफूलाई दिएको बताए । डिसी नेपालसँग कुरा गर्दै मन्त्री यादवले ठूलो ठूलो समूहमा अनिवार्य रुपमा यसरी कामदार नेपाल फर्किने अवस्था आए कसरी व्यबस्थापन गर्ने भन्ने बारे सरकारले गृहकार्य शुरु गरेको पनि बताए । बैधानिक र अबैधानिक रुपले हाल दुबईलगायतका खाडी मुलुक र अन्य रोजगारदाता मुलुकमा ५० लाखजति नेपाली कामदारहरु कार्यरत छन् ।

मन्त्री यादवका अनुसार, कामदारहरु रहेका मुलुकमा कार्यरत नेपाली राजदूतहरुलाई यसरी जवर्जस्ती कामदार फिर्ता गर्ने अवस्था आउन नदिन कुटनैतिक पहल गर्न निर्देशन दिइएको छ । त्यसैगरी नेपालका म्यानपावर कम्पनीहरुलाई आफूले पठाएका कामदारहरु लिने कम्पनीहरुसँग निरन्तर सम्पर्कमा रही यस्तो समस्या आउन नदिन निर्देशन दिइएको छ ।

‘मन्त्रालय र म्यानपावर कम्पनीबीच बैठक गरी यसबारे काम गर्न बैदेशिक रोजगार विभागका महानिर्देशकको संयोजकत्वमा म्यानपावर व्यवसायीका प्रतिनिधिसमेत राखेर एउटा समन्वय समिति बनाइएको छ’, मन्त्री यादव भन्छन्, ‘श्रम स्वीकृति पाएर पनि विदेश जान नपाएका र विदेशबाट फर्काइने खतरामा परेका कामदारहरुसंग निरन्तर समन्वय गर्न सो समितिले काम गर्ने छ ।’

यसैगरी मन्त्री यादवले बैदेशिक रोजगारसँग प्रत्यक्ष अप्रत्यक्ष रुपले जोडिएका विभिन्न १० वटा मन्त्रालयका सचिवहरुलाई बोलाई नेपाली कामदार कार्यरत मुलुकहरुबाट जवर्जस्ती फिर्ता गर्ने खतरालाई सम्बोधन गर्न के गर्ने भन्नेबारे आआफ्नो मन्त्रालयबाट कार्ययोजना पेश गर्न निर्देशन दिइएको बताए ।




प्रतिक्रिया

6 thoughts on “दुबईबाट नेपाली कामदार जवर्जस्ती फर्काइन सक्ने दूतावासको रिपोर्ट

  1. राम्रो भयो आफ्नो देश आउनबाट वन्चित गर्दा यस्तो समस्या आए अब नेपाल सरकार जवाफ्देही हुन्छ!!

  2. यस्तो झुटो समाचार बनाउने पनि पत्रकार भन्न पर्ने हो कि? यो समाचार १००% गलत हो र एस्मा कसैले विस्वास नगरेहुन्छ। यु ए ई ले आफ्नो नागरिकको मात्रै नभएर सबै आप्रवासीहरुलाई वचन र बचाउन अतुलनीय काॠ गर्दै रहेको छ।वुहानमा फसेका अरुदेशका नागरिकलाई त हवाईजहाज चार्टर्ड गरेर आफ्नो देशमा ल्याएर क्वारेन्टाइन मा राखेर राम्रो बनाउदै छ भने यो समाचार डी सि नेपालले के आधस्रमा लेखेको हो?

  3. I have already tooked my Air ticket but flight is not available here in dubai. Not only me,we are so many worker are just trying to back to our home country. So in this suitation our government have to pay attention for this critical problem.

  4. नेपाली कामदार जबर्जस्ती फर्काउने र बिदेश जान नपाइने हो भने देशले केहि मुहार फेर्ने छ।देश मा बाझा खेतीयोग्य जमीनमा खेतीपाती बाट घर आगन सथै परिवार सगै रमाइलो गरि बस्ने छ्न नेपाली

  5. राम्रो कुरा हो नेपाल सर्कार ले यस्को सदुपयोग गरेर नेपाल लाइ बिकासको बातो मा लमकाउने दिन आयको ले नेपाल का रुखा बाझा बारि खेत लाइ आधुनिक क्रीसि माधयमले बिकास गराउनु पर्छ कति अरुको गुलाम बन्ने अब नेपाल मै मिहेनत गरौ

Leave a Reply to mohan raj Cancel reply

Your email address will not be published. Required fields are marked *