विश्वभर कोरोनाको आतंक भइरहँदा उत्तर कोरियाद्वारा सुटुक्क २ क्षेप्यास्त्र परीक्षण
बीबीसी । उत्तर कोरियाले शनिवार बिहान समुद्रमा दुई क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले बताएको छ। सो प्रक्षेपण छोटो दूरीका क्षेप्यास्त्र हुनसक्ने बताइएको छ।
सो क्षेप्यास्त्र प्योनगान प्रान्तबाट सी अफ जापानतर्फ प्रक्षेपण गरिएको हो। यो महिनाको शुरूमा केही क्षेप्यास्त्रहरू परीक्षण गरेपछि उत्तर कोरियालाई चीन र अमेरिकाले वार्तामा बस्न भनेको थियो।
नयाँ परीक्षण
शनिवार दक्षिण कोरियाका सेना प्रमुखले थप परीक्षण हुनसक्ने हुँदा स्थितिको निगरानी गरिरहेको बताएका छन्। विश्व कोरोनाभाइरस सङ्क्रमणसँग जुझिरहेको बेला गरिएको परीक्षण ‘अत्यन्त अनुचित’ भएको उसले बताएको छ।
ती क्षेप्यास्त्र ४१० किलोमिटरसम्म उडेको र ५० किलोमिटरको उचाइमा पुगेको दक्षिण कोरियाली सेनाले बताएको छ। जापानले आफ्नो सीमा बाहिर एउटा क्षेप्यास्त्र खसेको पुष्टि गरेको छ।
उत्तर कोरियाले अप्रिल १० मा संसद्को भेला गर्ने घोषणा गरेको छ जसका लागि देशभरबाट ७०० नेताहरू एकैस्थानमा आइपुग्ने छन्। उत्तर कोरियामा कोरोनाभाइरसको सङ्क्रमण छैन तर केही विज्ञहरू जानकारी लुकाइएको हुनसक्ने मान्छन्।
कोरोनाभाइरस शुरू भएको चीन र व्यापक रूपमा फैलिएको दक्षिण कोरियासँग उत्तर कोरियाको सीमा जोडिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment