विश्वविख्यात गायक केनी रोजर्सको निधन, आफ्नै ट्वीटरमा आफ्नै निधनको ट्वीट !

डिसी नेपाल
८ चैत २०७६ १६:०६

काठमाडौं। झण्डै ६ दशक संगीत साधनामा बिताएका विश्वविख्यात कन्ट्री गायत केनी रोजर्सको निधन भएको छ । रोजर्सको ८१ वर्षको उमेरमा उमेरमा शुक्रबार राती १० बजेर २५ मिनेटमा निधन भएको उनकै भेरिफाइड ट्वीटर ह्याण्डलमा उनका परिवारले गरेको ट्वीटमा जानकारी दिइएको छ ।

रोजर्सको परिवारकै साथमा प्राकृतिक निधन भएको ट्वीटमा जनाइएको छ । रोजर्सलाई कन्ट्री म्युजिक हल अफ फेममा निम्त्याइएको थियो । रोजर्सले पछिल्लो पटक २०१७ मा सिएमए म्युजिक फेस्टिभलमा स्टेजमा प्रस्तुती दिएका थिए । उनको पूरै करिअरमा उनका अमेरिकामा मात्र ५ करोड एल्बम बिक्री भएका थिए । उनी ६ पटकका कन्ट्री म्युजिक अवार्ड विजेता समेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *