नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो

डिसी नेपाल
८ चैत २०७६ २०:५१

काठमाडौं । हङकङबाट काठमाडौ आइरहेका दुईवटा विमान आकाशबाटै फर्काइएको छ । अध्यागमन विभागले विमानमा आएका यात्रुहरुको संख्या विवरण हेरेपछि उनीहरुलाई आकाशबाटै फकाईएको हो ।

अध्यागमन विभागका प्रमुख इश्वराज पौडेलले आकाशबाट विमान फिर्ता गरिएको पुष्टि गरेपनि विमानमा आएका नागरिक कुन मुलुका थिए भन्ने जानकारी भने दिन चाहेनन् । स्रोतका अनुसार एउटा विमानमा एकजना विट्रिस अर्का विमानमा २४ जना यूरोपियन नागरिक भएको थाह पाएपछि अध्यागमन विभागले रोकेको थियो ।

‘विमान फिर्ता गरिएको छ विमानमा रहेका यात्रुहरु नेपालले प्रतिबन्ध लगाएका मुलुकका नागरिक थिए’, विभागका महानिर्देशक पौडेलले भने ।
अध्यागमन विभागका अनुसार कुल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत नेपाल आउन प्रतिबन्ध लागेको छ ।

यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एशिया र खाडीका १९ देशका साथै जापान र कोरियाबाट पनि आउन पाइनेछैन । तर शनिवार दिउसो एयर इन्डिया र थाइ एयरवेजले जापान, मलेसिया, भारतबाट क्रमशः १२ र ४९ जना नेपाली बोकेर आएका थिए । ती विमान र नागरिक उड्डयन प्राधिकरणलाई अध्यागमन विभागले तयारी गरेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गतेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।




प्रतिक्रिया

One thought on “नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *