एक जना नेदरल्याण्डका नागरिक लिएर आएको सिल्क एयरको विमान सबै यात्रुसहित सिंगापुर फिर्ता

डिसी नेपाल
९ चैत २०७६ ४:३५

काठमाडौं । सिल्क एयरले एक जना नेदरल्याण्डका नागरिक लिएर आएपछि विमानस्थलबाटै अहिले फिर्ता सिंगापुर फिर्ता गरिएको छ ।

विमानस्थल स्रोतले दिएको जानकारी अनुसार प्रतिबन्ध लगाइएको मुलुकका नागरिक लिएर आएको विमान सिंगापुर फिर्ता पठाइएको हो ।

शनिबार राति ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानका नेपाली सहित सवै यात्रु सिंगापुर फिर्ता पठाइएको स्रोतले जनाएको हो ।

विमानका रहेका नेपाली नागरिकलाई पनि ओर्लन दिइएन । कोही पनि यात्रु नझारी विमानलाई इन्धन भरेर सिंगापुर फिर्ता हुन निर्देशन दिइएपछि विमानस्थलमा विवाद समेत भएको थियो ।

कोरोना भाइरसको उच्च संक्रमण रहेको मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न रोक लगाइएको छ ।
तर, विमानमा डच नागरिक आएको सूचनापछि काठमाडौं आइपुगेका नेपाली सहित सवै यात्रु सिंगापुर नै फिर्ता पठाउने निर्णय भएको थियो ।

यसअघि हङकङबाट काठमाडौ आइरहेका दुईवटा विमान आकाशबाटै फर्काइएको थियो । अध्यागमन विभागले विमानमा आएका यात्रुहरुको संख्या विवरण हेरेपछि उनीहरुलाई आकाशबाटै फकाईएको थियो ।

तर सिंगापुरबाट आएको सिल्क एयरलाई यात्रुको विवरण माग गरिएको थिएन अवतरण भएपछि मात्रै डच नागरिक भएको थाह पाएपछि अध्यागमन विभागले विमानमा भएका कसैलाई पनि भूइमा झार्न नहुने अडान राखेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *