इटलीमा कोरोनाको महामारी, एकैदिन ७ सय ९३ जनाको मृत्यु

डिसी नेपाल
९ चैत २०७६ ६:४८

काठमाडौँ । विश्वमौ सबैभन्दा बढी कोरोनाको सामाना गरिरहेको इटलीमा पछिल्लो २४ घण्टामा ७ सय ९३ जनाको ज्यान गएको छ।

यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएक छन् ।

इटलीमा शनिबार मात्रै ६ हजार ५ सय ५७ जना कोरोना संक्रमित भएका छन् । यो सँगै इटलीमा कोरोना संक्रमितिको संख्या जम्मा ५३ हजार ५ सय ७८ पुगेको छ ।

जसमध्ये २ हजार ८ सय ५७ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *