विमानभित्रै नेपाली यात्रुको होहल्लाः सिल्क एयरका सबै यात्रु क्वारैनटाइनमा

डिसी नेपाल
९ चैत २०७६ ६:५८

काठमाडौं। नेपाल सरकारको निर्णयलाई अटेर गर्दै अवतरण गरेको सिल्क एयर फिर्ता हुन नमान्दा शनिवार राती विमानस्थलमा तनाब उत्पन्न भएको छ।

शनिबार राति ८ः३० बजे सिंगापुरबाट सिल्क एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सो विमानमा नेपाल प्रवेश गर्न रोक लगाइएको मुलुक नेदरल्याण्ड्सबाट समेत यात्रु आएको सूचना नेपाल नागरिक उड्ययन प्राधिकरणले पाएका कारण विमान फिर्ता गर्ने निर्णय गर्दे यात्रु अवरणमा रोक लगाएको थियो।

प्राधिकरण स्रोतका अनुसार तत्कालै सो विमान फिर्ता पठाउन निर्देशन दिएपछि राति ११ः३० सम्म विमान फिर्ता नगरी बसेपछि विमानभित्र भएका यात्रुहरुले नारा जुलुश गरेका थिए ।

इन्धन भर्न भन्दै अवतरण गरेको सो विमान प्राधिकरणले इन्धन भर्न दिने, तर कोही पनि यात्रु ओर्लन नदिई फिर्ता पठाउने निर्णय लिएको थियो। उक्त विमानमा रहेका ८५ यात्रु मध्ये एक जना नेपाली मुलका नेदरल्याण्ड्सका नागरिक थिए।

तिनै नागरिकका कारण विमानका कसैलाई पनि ओर्लन नदिई सिंगापुर नै फिर्ता पठाउने निर्देशन दिइएको प्राधिकरण स्रोतले जनाएको थियो। तर, राजनीतिक नेतृत्वबाट दबाव बढ्यो । नेपाली नागरिक रहेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफैले नै यसको पहलकदमी लिएका थिए।

विमानस्थल आइपुगेका नेपालीलाई नै फिर्ता पठाउँदा आफ्नै नागरिकको जिम्मा लिन सरकार असफल भएको सन्देश जाने भएपछि मन्त्री भट्टराईले प्रशासनलाई दबाव दिए । मन्त्री भट्टराईकै निर्देशन पछि प्राधिकरणको बैठक लामै चलेको थियो ।

राति १२ बजेपछि मात्रै विमानस्थलको ढोका खोल्न अनुमति दिएको विमानस्थलका प्रहरी प्रमुख एसएसपी रामकृपाल शाहले जानकारी दिए । उनीहरुलाई साढे १२ः३०मा स्वास्थ्य जाँचका लागि ओरालिएको थियो ।

विमान्स्थल अध्यागमन प्रशासन प्रमुख सागर आचार्यका अनुसार तीन घण्टा बढी विमानमै बसेका यात्रुको स्वास्थ्य जाँच पछिसवै यात्रुलाई क्वारेन्टाइनमा पठाइएको जानकारी दिए ।

विमानमा ९० जना नेपाली र एक ठच नागरिकसहित ९५ जना यात्रु रहेका थिए। शनिबार नै बिना अनुमति विमानस्थलमा अवतरण गरेको थाई र एयर इन्डियाबाट आएका ६४ नेपालीलाई पनि क्वारेन्टाइनमै राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *