भारतमा कोरोना संक्रमितको संख्या ३३२ नाघ्यो, ५ जनाको मृत्यु

डिसी नेपाल
९ चैत २०७६ १०:२१

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा ५ जनाको ज्यान गएको छ ।

आइतबार बिहानसम्म भारतमा कोरोना संक्रमितको सं‌‌ख्या २ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । जसमध्ये २३ जना संक्रमित उपचारपछि ठिक भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ८३ जना संक्रमित फेला परेका हुन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको छ। प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै आइतबार सबै जनालाई घरमै रहन अपिल गरेका थिए ।

चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी १८८ देशमा पुगेको छ । जसबाट पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३८ जनाको ज्यान गएको छ।

विश्वभर महामारीको रुप लिएको कोरोनाबाट आइतबार बिहानसम्म ३ लाख ६ हजार ८ सय ९२ जना संक्रमित भएका छन् । जसमध्ये शनिबार मात्रै ३१ हजार २ सय ९५ जना संक्रमित थपिएका हुन् ।

जसमध्ये ९ हजार ३ सय ८२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने १ लाख ९९ हजार ६९ जना उपचारपछि घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *