डिसीनेपाल समाचार प्रभाव : काठमाडौँ उपत्यकामा खानेपानी नियमित

डिसी नेपाल
९ चैत २०७६ १६:५३

काठमाडौं । धारामा पानी छैन, काेराेनाबाट बच्न हात के ले धुने सरकार ?  काेराेनाबाट बच्न अपनाइने उपायहरूका बारेमा सचेतनाका कार्यक्रम भइरहदा सर्वसाधारणले डिसी नेपाल मार्फत सरकारलाइ प्रश्न गरेका थिए । डिसीनेपाल डटकमले उक्त प्रश्नलाइ सरकार समक्ष पु¥याउने काम गरेपछि अब काठमाडाैं उपत्यकामा खानेपानी नियमित हुने भएकाे छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कर्मचारीलाई आवश्यक सेनेटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी नियमितरुपमा उपलब्ध गराउने भएको छ ।

काठमाडौं उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको लिमिटेडले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले सार्वजनिक बिदा दिए पनि निर्बाधरुपमा सेवा प्रवाह हुने जनाएको छ ।

अहिले सेवा प्रवाह गरिरहँदा प्रशासनिक कामका विषयमा निर्णय भइनसकेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार मिटर रिडिङ, मर्मतलगायत कामका लागि फिल्डमा पठाउने विषयमा आगामी सातासम्ममा निर्णय हुनेछ ।

उनले भने, “यो साताभरमा छलफल गरेर यी विषय आगामी सातासम्ममा निर्णय हुनेछ ।” लिमिटेडले सुख्खा मौसममा अहिले दैनिक नौ करोड लिटर पानी काठमाडौँ उपत्यकामा वितरण गरिरहेको छ ।

 धारामा पानी छैन, काेराेनाबाट बच्न हात के ले धुने सरकार ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *