कोरोनाको कारण विदेशमा रहेका कामदार अफ्ठ्यारोमा परे सेल्टरको व्यवस्था

डिसी नेपाल
१० चैत २०७६ ६:४७

काठमाडौं । विदेशी मुलुकमा कार्यरत नेपाली श्रमिकहरु जबर्जस्ती स्वदेश फर्काइने अवस्था भयाे वा कोरोनाका कारण अफ्ठ्यारोमा परे सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले सेल्टरको समन्वय गर्ने निर्णय गरिएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालकाे संयोजकत्वमा गठित परराष्ट्रमन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि रहेको कोरोना प्रकोप व्यवस्थापन समितिको आइतबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।

रोजगार विभागका महानिर्देशक दाहालले डिसी नेपालसँग कुरा गर्दै भने ‘कोरोनाको कारण देखाइ विदेशमा रहेका नेपाली कामदार फर्काइन सक्ने लगायतका सम्भावित जोखिम न्यूनिकरणका लागि समितिको बैठक बसेको हो। बैठकले वैदेशिक रोजगार व्यवसायी र सरकार मिलेर आकस्मिक कोष बनाउने निर्णय पनि गरेको छ।’

विदेशमा रहेका श्रमिकहरुको अवस्थाबारे निरन्तर जानकारी लिने र कोरोना प्रकोप न्यूनिकरणबारे नेपाल सरकारका निर्णय पनि विदेशमा रहेका नेपाली श्रमिकमाझ निरन्तर पुर्‍याउन परिचालित हुने निर्णय गरेको दाहालले बताए

मन्त्री बोल्ने दुतावास खण्डन गर्ने

डिसी नेपालले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसँग कुरा गरि विदेशमा कार्यरत श्रमिकहरुलाई कारोनाको बहानामा फर्काइन सक्ने मन्त्रीकै भनाईलाई चैत्र ८ गते (शनिबार) समाचार प्रकाशन गरेको थियो। सो समाचारमा मन्त्री यादवले यूएईस्थित नेपाली राजदूत कृष्ण प्रसाद ढकालले जबरजस्ती फर्काइन सक्ने रिपोर्ट गएको बताएका थिए।

राजदुतको सोही रिपोर्टका आधारमा त्यस्तो समस्या आउनु अगाडी नै कुटनितिक र अन्य व्यवस्थापकीय पहल गर्न महानिर्देशक नेतृत्वको समिति बनाइ काम सुरु पनि गरेको थिए । तर मन्त्री स्वयंले भनेको कुरा उल्लेख भएको समाचारलाई असत्य भनि यूएईस्थित दूतावासले खण्डन गरेको थियो। आफैंले गरेको रिपोर्टको आधारमा कामा थाल्दा राजदूत ढकाललाई के समस्या आइलाग्यो र समाचारको खण्डनमा विज्ञप्ति निकाल्ने अवस्था आइलाग्यो त्यो भने दूतावासले स्पष्ट पार्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *