कोरोना संक्रमणः पछिल्लो २४ घण्टामा स्पेनमा मात्रै ५३९ जनाको मृत्यु

डिसी नेपाल
११ चैत २०७६ ७:४४

काठमाडौँ । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ५३९ जनाको ज्यान गएको छ ।
यो सँगै स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३ सय ११ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्पेनमा सोमबार मात्रै ६ हजार ३ सय ६८ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै स्पेनमा संक्रमितको संख्या ३५ हजार १ सय ३६ पुगेको छ ।

विश्वका १९५ देशमा फैलिएको कोरोना भाइरसको महामारीबाट ३ लाख ७८ हजार ८ सय ४२ जना संक्रमित भएका छन् ।

जसमध्ये १ लाख २ हजार ६४ जना संक्रमित उपचारपछि घर फर्किएका छन् भने १२ हजार ६२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “कोरोना संक्रमणः पछिल्लो २४ घण्टामा स्पेनमा मात्रै ५३९ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *