अमेरिकन आइडलः दिवेश पोखरेलको प्रस्तुतीले जज लियोनेल रिचीका आँखा रसाए

डिसी नेपाल
११ चैत २०७६ ८:५८

काठमाडौं। विश्वकै ठूलोमध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली युवा दिवेश पोखरेल हलिउडमा दास्रो पटक गुञ्जिएका छन् । हलिउड विकको दोस्रो प्रस्तुतीमा उनले त्यही गीत गाए जुन गीत उनले अडिसनमा गाएका थिए । यद्यपि उनले यो गीतमा दोस्रो प्रस्तुतीका क्रममा केही परिमार्जन गरेका थिए ।

उनले यो गीतको स्केल परिवर्तन गरेको बताएका थिए । स्टेज नाम ‘आर्थर गन’बाट चिनिने दिवेशको यो प्रस्तुतीले जज लियोनेल रिचीका आँखा रसाए । दिवेशको प्रस्तुती सकिएसँगै जज रिचीले आँसु पुछेको प्रस्ट देखिन्थ्यो । उनी स्वयंले पनि अन्य २ जजहरुतर्फ हेर्दै आफूले मन थाम्न नसकेको बताएका थिए ।

दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *