नमस्कार कोरोना !

डिसी नेपाल
११ चैत २०७६ ११:४६

एउटा सानो तत्व कोरोनाले मानव समाजलाई त्राहिमाम बनाएको छ। हामी धैर्य गरौँ अनि शान्त रहौँ र यसको बुद्धिमतापूर्वक सामना गरौँ। यो पृथ्वीको समयको एउटा सानो कालखण्ड मात्र हो।

यो समय गुज्रिन्छ, नआत्तिऔँ। कुनै पनि रोग वा अवस्थासँग जुध्नका लागि हाम्रो शरीर र मनमा प्रतिरक्षा प्रणाली विकास भइ नै हाल्छ। सदियौँदेखि हामी मानवले यस्ता समस्याहरुको सामना गर्दै नै आइरहेका छौँ।

मानव नैतिक बन्धनमा बाँधिनै पर्छ। पृथ्वीका अन्य प्राणीहरुको जीवनको सम्मान गर्नैपर्छ। अरु प्राणी मानवका लागि बनेका हुन् भन्ने भ्रमबाट अब मुक्त हुनुपर्छ। अब जनावरका बधशालाहरु बन्द गर्नुपर्छ। समाज शाकाहारी हुनैपर्छ।मानव नैतिक बन्धनमा बाँधिनै पर्छ।

पृथ्वीका अन्य प्राणीहरुको जीवनको सम्मान गर्नैपर्छ। अरु प्राणी मानवका लागि बनेका हुन् भन्ने भ्रमबाट अब मुक्त हुनुपर्छ। अब जनावरका बधशालाहरु बन्द गर्नुपर्छ। समाज शाकाहारी हुनैपर्छ।

शाकाहार विश्वशान्तिको पहिलो शर्त हो। आफ्नै वरिपरिका अन्य प्राणीको जीवनको सम्मान गर्न नसक्ने प्राणी चेतनशील हुनै सक्दैन। अब विश्वका सारा अध्ययन र कार्यक्रम शाकाहारतर्फ केन्द्रित हुनेछन् भन्ने अपेक्षा।

चलाख प्राणी हौँ हामी मानव। प्रकृतिलाई छक्याउन जानेका छौँ हामीले। तर यो छक्याई दीर्घकालीन हुनै सक्दैन। प्रकृतिले यस्सो कम्मर मर्काउँदा मात्रै मानवका सबै सिर्जना ध्वस्त भइहाल्छन्।

आकाशमा उड्ने चीलगाडी पलभरमै जमीनमा थन्काइदिन्छ। ठूलाठूला महलहरु क्षणभरमै भूतघरमा परिणत गरिदिन्छ। ठूलाठूला मिसाईल र आणविक अस्त्रभन्दा बढी महत्वपूर्ण बनेको छ ज्वरो नाप्ने खिरिलो थर्मोमिटर । अब प्रकृतिलाई छक्याउनु भन्दा पनि आफ्ना सम्पूर्ण ज्ञान र विज्ञानलाई मानवहितका लागि प्रयोग गर्नतर्फ लगाउनु पर्छ।

डा.प्रदीप ढकाल

राष्ट्रका सीमाहरु स्थायी होइनन् त्यसैले ती अहिले पनि टुटिरहेका छन्। व्यवस्थापनको सहजताका लागि मात्रै सीमाहरु हुन्। मानव–मानवबीच परिचय गहन बनिरहेको छ। हामी सबै मानिस पृथ्वीका बासिन्दा हौँ। अन्य प्राणीहरु हाम्रै परिवारका सदस्य हुन्। कोरोनाले सिकाएको यो एउटा सुखद पक्ष पनि हो।

धनसम्पत्ति, मानसम्मान, पदप्रतिष्ठा सबै क्षणिक हुन् त्यसैले एकआपसमा सहअस्तित्वका आधारमा मिलेर बसौँ – फेरि सम्झाइदिएको छ प्रकृतिले।

हात जोडेर नमस्कार गरौँ भनेर फेरि सिकाइदिएको छ चाहे त्यो एकआपसमा भेट हुँदा अभिवादन साटासाटमा होस् वा विपत्तिमा परेर ईश्वरसँग पुकारा गर्दा होस्।

नमस्कार !

पशुपति क्षेत्र विकास काेषका सदस्य सचिव ढकालकाे फेसबुकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *