न्यूयोर्कमा कोरोनाका कारण एक नेपालीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा एक नेपालीको मृत्यु भएको छ। अमेरिकाको न्यूयोर्कमा एकजना नेपालीको मृत्यु भएको नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले जानकारी दिएका छन्।
बिष्टले सामाजिक सञ्जाल फेसबुकमा शोक विज्ञप्ति प्रकाशित गर्दै जनसम्पर्क समिति सदस्य अनिल सुब्बाको मृत्यु भएको जनाएका छन्। अमेरिकमा नेपालीको कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो।
सभापति बिष्टले सुब्बाको निधनप्रति शोक व्यक्तसमेत गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment