डा. बस्ताकोटी र बसन्तले ल्याए गलज ‘संगै संगै’ (भिडियो)

डिसी नेपाल
१२ चैत २०७६ १०:०६

नर्थ क्यरोलाइना, अमेरिका । कन्चन म्युजिक इन्टरटेनमेन्टले हालै ‘संगै संगै’ बोलको कर्णप्रिय गजल अमेरिकाको नर्थ क्यरोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ।

गजलकार डा. ऋषि बस्ताकोटीको रचना र बसन्त खड्काको स्वर तथा संगीत रहेको उक्त गजलमा दीप तुलाधरले संगीत संयोजन गरेका छन्। गजलको भोकल रेकर्डिङ् नर्थ क्यरोलाइना निवासी समीर सायमीले गरेका हुन् भने म्युजिक रेकर्डिङ् र सम्पादनको काम काठमाडौँको कमलपोखरी स्थित भ्वाइस रेकर्डिङ स्टुडियोमा गरिएको हो।

यो गजलको ध्वनी सम्पादन (अडियो एञ्जिनियारिङ्ग) दीप तुलाधरले गरेका छन् भने दृश्य सम्पादन अमेरिका निवासी किसोर अल्बर्ट बस्ताकोटीको रहेको छ। ‘कन्चन’ गीत गजल एल्बमको तयारीमा रहेका बसन्त खड्काले ‘संगै संगै’ गजल कन्चन एल्बमको शिर्ष गजलको रुपमा रहने बताए।

गायनमा तीन दशक लामो अनुभव बनाइसकेका छाल झैँ कपाल र पिउँदा पिउँदा जस्ता कालजयी गीतका गायक बसन्त खड्का र गजल लेखनमा दुइ दशक भन्दा लामो इतिहास बनाएका डा. ऋषि बस्ताकोटीको सहकार्यमा आएको सँगसँगै गजलले पनि स्रोताहरुको मन जित्ने विस्वास गरिएको छ।

यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर बसन्त खड्काले ‘मृगतृष्णा’ नामक एल्वम स्रोतासामु ल्याएका छन् भने गोधुली लालिमा बेस्ट अफ बसन्त खड्काू लगायतका गीती एल्बम पनि बसन्तका अन्य सांगीतिक सिर्जना हुन्।

डा. ऋषि बस्ताकोटीका यस अघि ‘ज्वालाका रापहरू’ गजल संग्रह र ‘गजल स्पर्श’ गजल एल्बम प्रकाशित छन् भने अन्य फुटकर गीत गज़लहरू पनि नेपालका प्रतिष्ठित संगीतकार र गायक गायिकाहरूको सहकार्यमा नियमित रुपमा सांगीतिक बजारमा आएका छन।

अघिल्लो हप्ता मात्रै बजारमा आएका डा. चन्द्र गिरीसंगको सहलेखनमा डा बस्ताकोटीले लेखेको ‘मलाइ परदेशी नभन’ बोलको राष्ट्रिय गीत पनि निकै लोकप्रिय भैरहेको छ।

कोरोना भाइरसले विश्वलाई नै त्रस्त बनाएको समयमा सार्वजनिक गरिएको यो गजलले सुख दुखमा पारिवारिक साथ् सहयोगको महत्व र आपसी प्रेमलाइ झल्काउञ्छ। घरमा बसेर पारिवारिक वातावरणमा सुन्न उपयुक्त खालको यो गजल यो लिंकमा सुन्नर हेर्न सकिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *