बालेनलाई अमरेशको चेतावनी- तपाईं तासको पत्ता हो! (भिडियोसहित)

डिसी नेपाल
२५ भदौ २०८३ १५:३०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिदै तासको पत्ता भएको बताएका छन्।

विहिबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले मधेशी जनताको बिनाश गरेको भन्दै सरकार तासको पत्ता भएको बताएका हुन्।

उनले भने, ‘म राज्यलाई भन्न चाहन्छु, तपाइँ मधेशीको बलमा सरकार ठड्याउनु भएको छ, तपाईं तासको पत्ता हो, तपाइँको लागि यहि व्यक्ति बोलेको थियो, यो सरकार बनेन भने आत्मदाह गर्छु, आज यहि ठाउबाट भन्न चाहन्छु तपाइँ मधेशीलाई तबाह गर्नुहुन्छ, तपाइको नाश लेखेको छ।’

उनले मधेशीलाई शुरु देखि प्रहार भइरहेको बताउँदै मन्त्री दिपक शाह र गौरी कुमारीलाई पनि त्यस्तै भएको बताए। उनले सरकार संबिधान अनुसार नचलेको आरोप लगाउदै सरकार सल्लाहकारले चलाएको आरोप लगाए। उनले सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा सल्लाहकारले सरकार चलाएको र संसदलाई बेवास्ता गरेको आरोप लगाए।

साथै, मधेशीको बलमा सरकारमा पुगेर अहिले मधेशीलाई प्रताडित गरेको आरोप लगाए। उनले प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी प्रमुख, सांसद र नेताहरूलाई अपमानित गरिरहेको समेत उनले आरोप लगाए।

सांसद सिंहले स्वास्थ्य र शिक्षामन्त्रीले मधेशीलाई नियुक्ति नगर्ने कसम खाएको बताउदै नियुक्तिमा समावेशीताको धज्जी उडाइएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *