इन्द्रजात्राको रौनक सुरु, भक्तपुरबाट काठमाडौं ल्याइँदै लिङ्गो (भिडियोसहित)
काठमाडौं । काठमाडौं उपत्यकाको महत्वपूर्ण सांस्कृतिक तथा परम्परागत पर्व इन्द्रजात्रा अर्थात् ‘यँयाः’का लागि आवश्यक ‘यःसिं’ लिङ्गो भक्तपुरबाट काठमाडौं ल्याइँदै छ ।
इन्द्रजात्राको मुख्य प्रतीकका रूपमा लिइने ‘यःसिं’ लिङ्गो भक्तपुरबाट काठमाडौं ल्याएर विधिपूर्वक हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव र कागेश्वर महादेव मन्दिर अगाडि ठड्याउने परम्परा रहँदै आएको छ ।
मानन्धर समुदायका अगुवा, गुठी संस्थानलगायतका टोलीले परम्परागत विधिअनुसार लिङ्गो काठमाडौं ल्याउने गरेका छन् । निश्चित साइतमा लिङ्गो ठड्याएपछि काठमाडौं उपत्यकामा इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको मानिन्छ ।
इन्द्रजात्रा काठमाडौंको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको प्रमुख पर्व हो । यस अवसरमा हनुमानढोका दरबार क्षेत्रलगायत काठमाडौंका विभिन्न स्थानमा विविध जात्रा, पूजा, सांस्कृतिक गतिविधि तथा धार्मिक अनुष्ठान आयोजना गरिन्छन् ।
इन्द्रजात्राका क्रममा जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रासहित विभिन्न परम्परागत जात्रा सञ्चालन हुने भएकाले काठमाडौंमा विशेष चहलपहल हुने गर्छ ।
‘यःसिं’ लिङ्गो ठड्याउने कार्यसँगै इन्द्रजात्राको धार्मिक तथा सांस्कृतिक विधि औपचारिक रूपमा अघि बढ्ने भएकाले यसलाई जात्राको महत्वपूर्ण सुरुवाती चरणका रूपमा लिइन्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment