आपूर्ति सहजिकरण गर्न चेम्बरले बनायो समिति

डिसी नेपाल
१२ चैत २०७६ १७:२२

काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको छ । यो अवस्थामा औषधी, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन आवश्यक सहयोग तथा समन्वयको लागि नेपाल चेम्बर अफ कमर्सलले समन्वय समिति गठन गरेको छ ।

समितिको सदस्यमा दीपक मल्होत्रा, देवेन्द्र भक्त श्रेष्ठ , मृगेन्द्र मेहर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, निरज राई र राजेन्द्र सिम्खडा रहेको चेम्बरले जनाएको छ ।

समितिले आपूर्ति व्यवस्था सहजिकरण गर्नका लागि सहयोग गर्ने र सरकारी निकायसँगै समन्वय गर्दै काम गर्न जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *