कोरोना प्रभावितका लागि सहयोग गर्न सामुहिक रुपमा जुटे जर्मनीका नेपाली

डिसी नेपाल
१२ चैत २०७६ १८:०७

जर्मनी । जर्मनीमा रहेका नेपालीहरुलाई कोरोनाका कारण कुनै समस्या भए सहयोग गर्न जर्मनीबासी नेपालीहरु जुटेका छन् । समस्यामा रहेका नेपालीलाई खान, बस्नदेखि लिएर कुनै स्वास्थ्य समस्या भए नेपालीहरुको समूहले सहयोग गर्नेछन् । आगामी दिनमा कोरोना महामारीको असर हेरेर प्रभावित नेपाली वर्ग, विशेषतः विद्यार्थीहरुलाई आर्थीक सहयोग समेत गरिने एनआरएन जर्मनीले जनाएको छ ।

यसैबीच, स्वास्थ्य सम्वन्धी सहयोग गर्नको लागि जर्मनीमा रहेका नेपाली चिकित्सकहरु सामूहिक रुपमा खटिएका छन् । कुनैपनि नेपालीलाई स्वास्थ्य समस्या देखिए तत्कालै सम्पर्क गर्न भन्दै १६ वटै प्रान्त ओगट्नेगरि चिकित्सकहरु सामूहिक रुपमा जुटेका हुन् ।

एनआरएनए जर्मनीले नेपाली चिकित्सकहरुको खोजि गरि नेपालीलाई सहयोग गर्न एक समिति बनाएको हो । महासचिव लोकमणी ढकाल अनुसार जर्मनीका १६ वटा प्रान्तका नेपालीलाई १३ जना नेपाली चिकित्सकहरुले आलोपालो गरि सुझाव, सल्लाह र सहयोग गर्ने छन् । यो माहामारीमा डाक्टरहरु बिभिन्न अस्पतालमा पनि काम गरिरहनुपर्छ । विभिन्न क्षेत्रका ति चिकित्सक फरक फरक समयमा काम गर्ने हुँदा आफ्नो समय मिलाएर कोहि न कोहि चौबिसै घण्टा अनलाईनमा उपलब्ध हुने ब्यवस्था मिलाएको उनले बताएका छन् ।

फ्रयार्कफर्ट वरिपरिकालागि डा. प्रल्हाद केसी, डा. प्रदिप यादव, सरोज अर्याल र जेसेन गुरुङ छन् । बर्लिन र त्यस वरिपरिकालागि डा. सरोज चुडाल र मरिना तिवारी, हेम्बर्गका लागि डा. आनन्द कार्की, म्युनिखका लागि डा. रमेश बानियाँ, डुसल्डोर्फका लागि डा. टाईम चन्द्र कार्की र ऊन्ना क्षेत्रकालागि डा. सुनिल अर्याल र शंकर नेपाल छन् ।
त्यस्तै हाईडलवर्ग क्षेत्रका लागि डा राजिव शाह र मार्गवर्गका लागि डा सुमिना आदेलमायर छन् ।नेपालीहरुको मेडिकल टोलीले आफूलाई परेका समस्याहरुका बारेमा स्वतन्त्रपूर्वक सोधपुछ गर्न आग्रह गरेको छ । यस्तै राइनल्याण्ड फ्लान्च र सारल्याण्डमा रहेको एनआरएनको स्थानीय समितिले निम्न लिखित सहयोगको खाका तयार गरेको छ ।

१) पहिलो चरणमा प्रभावित नेपालीहरुलाई आवस्यकता अनुसार खानेकुरा तथा अन्य भौतिक सहयोग गर्ने,

२) आवास आवस्यक पर्नेहरुलाई कंसाकार होटेल संचालक चैत्य रत्न कंसाकारले बढीमा चार जना सम्म नेपालीलाई आवास उपलब्ध गराउने,

३) कोरोना महामारीको असर हेरेर दोस्रो चरणमा प्रभावित नेपाली विशेषत विद्यार्थीहरुलाई आर्थिक सहयोग तथा आवस्यकता अनुसार व्यक्तिगत पहलमा ऋण उपलब्ध गराउने आदि ।

यसैगरी जर्मनीकै अन्य क्षेत्रमा रहेका विभिन्न नेपाली संघसस्था र एनआरएन स्थानीय समितिले पनि सोहि किसिमका सहयोगका कार्यक्रम अघि सारेका छन् । नेपाली जनसम्पर्क समिति जर्मनीले यस अघिनै सहयोगको लागी हरेक शहरमा उद्वार समिती गठन गरिसकेको छ। समितिले विज्ञप्ती जारी गरेर बिना हिचकिचाहट सहयोगको लागि सम्पर्क गर्न समेत अनुरोध गरेको सभापती शिखर खड्काले जनाएका छन् ।

कुनै समस्यामा परेका नेपालीहरुको सावधानी र आत्मबल तथा सहयोगको लागी क्षेत्रगत रुपमा सदस्यहरु समेत तोकेको छ । उनिहरुमा बर्लिनमा दिल बहादुर गुरुङ, हाम्बर्गमा मानव कुमार श्रेष्ठ, हेसनमा श्याम कुमार खनाल, म्युनिखमा कृष्ण रिजाल शर्मा, नर्दराईन वेस्ट फालेनमा शंकर डाङी र बिनय गुरुङ, ब्रेमन निदरजक्सनमा इश्वर श्रेष्ठ,राईन्ल्याड फ्लान्चमा विजय मोक्तान रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *