एनआरएनए स्पेनद्वारा पीडित नेपालीहरुलाई राहत प्याकेज घोषणा

डिसी नेपाल
१३ चैत २०७६ १४:२७

काठमाडौँ । एनआरएनए स्पेनले कोरोना भाइरसको महामारी बढीरहेका बेला स्पेनमा समस्यामा परेका नेपालीहरुलाई राहत प्याकेज वितरण गर्ने भएको छ ।

एनआरएनए स्पेनले एक विज्ञप्ती जारी गर्दै विश्वभर कोरोना भाइरसले आक्रान्त पारिरहेको समयमा स्पेनवासीपीडित नेपालीलाई राहत प्याकेज वितरण गर्ने जानकारी दिएको हो । स्पेन सरकारले आगामी अप्रिल १२ सम्मका लागि लकडाउनको घोषणा गरेको छ।

स्पेनवासी विशेष गरी रेसिडेन्सी नभएका, भर्खर स्पेन आएका तथा काम नभएका नेपपाली विद्यार्थीहरुका लागि लक्षित गरी एउटा राहत प्याकेजको घोषणा गरेको एनआरएनए स्पेनका प्रवक्ता सुन्दर रानाभाटद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा राहत प्याकेज लिनका लागि सम्पूर्ण पीडित दाजुभाई तथा दिदी बहिनीहरुलाई आफ्नो नाम, बस्ने ठेगाना, फोन नम्बरसहित २९ मार्च २०२० भित्र देहायका व्यक्तिहरूलाई सूचित गर्न पनि भनिएको छ ।

उक्त राहत प्याकेज आगामी अप्रिल १ तारिखदेखि एनआरएनए स्पेन र सम्पूर्ण क्षेत्रीय समितिहरु मार्फत वितरण गरिने छ । यस्तै एनआरएनए क्षेत्रीय समिति नभएका ठाउँमा नेपाली सामाजिक संघ–संस्था तथा सामाजिक अभियन्ताहरुसँगको सहकार्यमा वितरण गरिनेछ।

एनआरएनए स्पेनले पीडित नेपाली परिवारलाई चामल ५ केजी, दाल २ केजी, तेल १ लिटर, नुन १ केजी, चिनी १ केजी, गेडागुडी २ केजी तथा पास्ता एक केजी वितरण गर्ने छ । यस्तै सघंले ४ बुँदामा राहत वितरणका क्षेत्र तथा सर्तहरू तोकेको छ।

१) वैधानिक रुपमा स्पेनको रेसिडेन्स कार्ड नभएका दाजुभाई तथा दिदी–बहिनीहरु।
२) हालको अवस्थामा रोजगारी र आय आर्जनका श्रोत नभएका दाजुभाइ तथा दिदी–बहिनीहरु।
३) राहत संकलन गर्दा स्वयं व्यक्ति आफ्नो परिचय खुल्ने कागजात सहित उपस्थित हुनुपर्ने।
४) राहत वितरण एनआरएनए स्पेन केन्द्र बार्सिलोना र सम्बन्धित सबै क्षेत्रीय समिति मार्फत नै गर्ने।

राहत संकलनका लागि सम्पर्क व्यक्ति तथा सम्पर्क नम्बरहरु

बार्सिलोना:
दिनेश गुरुङ –676301773
दिनेश गिरी –663619636
राज ढकाल – 631247338
लेकाली घिमिरे –687630606
धुर्ब भट्ट- 632983079
गोबिन्द तिमिलसिना- 631650063
सुन्दर रानाभाट- 612202728

माड्रीड:
उत्तर राई-654827089
सुजील गोले –631669682
मेघनाथ ढकाल –63225502
सुरेश बास्तोला- 673 501 115
जानु गुरुङ -632 086 114

पाइसभास्को
तुलसी गुरुङ –631739192
कमला बराल –632352400
महनारायण चौधरी – 631057378
कृष्ण सिग्देल-663439409

ग्रान कानारिया
दीप श्रेस्ठ- 610900040
पवन राजभण्डारी –670311191
दान बहादुर भुजेल – 677167108




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *