लकडाउनमा घरबाहिर निस्किएका डाक्टर मशहुर गुलाटीले पुलिसको डण्डा खाए

डिसी नेपाल
१३ चैत २०७६ १३:५८

मुम्बइ। भारत पूरै लकडाउन भएको २ दिन भयो । कोरोनाभाइरस संक्रमण फैलिन नदिन यहाँ मंगलबार मध्यरातदेखि लकडाउन घोषणा गरिएको हो । लकडाउनका क्रममा सबैलाई घरबाहिर ननिस्किन निर्देशन दिइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् ‘यसलाई एक किसिमको कर्फ्यू नै सम्झिनुस् ।’ अहिले भारतमा पुलिस निकै कडा रुपमा प्रस्तुत भएको छ । पुलिसले लकडाउन तोडेर घरबाहिर निस्किनेहरुलाई कुटेर घर फर्काउने गरेको छ । यही क्रममा सामाजिक संजालमा लकडाउनसँग सम्बन्धित मीमहरु भाइरल भइरहेका छन् ।

 

View this post on Instagram

 

Ha ha Stay at home for God sake.

A post shared by Sunil Grover (@whosunilgrover) on

यही बीचमा स्टार कमेडियन सुनील ग्रावरले आफ्नै एउटा मीम शेयर गरेका छन् । मीममा सुनिल ग्रोवर घरबाट निस्किएपछि पुलिसले उनलाई लिएर गएर कुटेको छ । यद्यपि यो दृश्य अहिलेको नभइ उनको एक फिल्मको हो । फिल्मका दुई दृश्य जोडेर सुनीलले मानिसहरुलाई घरबाहिर ननिस्किन आग्रह गरेका छन् । यो मीमलाई डेढ लाखभन्दा बढीले लाइक र शेयर गरेका छन् । यो लकडाउनको क्रममा सबैजसो बलिउड स्टारहरुले फयानहरुलाई घरभित्रै बस्न सल्लाह दिइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *