पोखरामा व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

डिसी नेपाल
१३ चैत २०७६ १६:३६

पोखरा । कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुआत् गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने औषधि, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सहजीकरण गरिने अध्यक्ष किसान सुनारले जानकारी दिए । हेल्प डेस्कमार्फत बजार आपूर्तिको समस्या, व्यवसायीको स्वास्थ्य सुरक्षालगायतमा सरकारसँग समन्वय गरिने उनले बताए ।

सँगै अगाडि बढौँ भन्ने नाराका साथ व्यावसायिक हेल्प डेस्क सञ्चालनमा ल्याइएको र टोल फ्री नम्बरमा फोन गर्दा पैसा नलाग्ने उनले जानकारी दिए। थप सङ्क्रमण हुन नदिन सरकारले लकडाउन गरेपछि कास्कीमा बजार आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन ध्यान दिने बताउँदै उनले माक्स सेनिटाइजर, साबुन, एलपी ग्यासको सहज आपूर्तिका लागि सहजीकरण गरिने बताए । सहज आपूर्ति व्यवस्थापनका लागि गुनासो एवं समस्या भएमा र कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि पहल र सहजीकरणका लागि चेम्बरको तर्फबाट वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समितिसमेत गठन गरेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *