एनआरएनएले एक करोड बराबरको सामग्री उपलब्ध गराउने

डिसी नेपाल
१३ चैत २०७६ १८:५८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १ करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । संघको बुधबार बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालय बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित गराउन नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

सङ्क्रमणको समयमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारका सुरक्षा उपकरण र परीक्षण कीट चीन बेइजिङस्थित नेपाली दूतावासमा उपलब्ध गराइने संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए । उक्त सामान खरिद गर्न राष्ट्रिय समन्वय परिषद् चीनका प्रतिनिधिसहितको एक कार्यदलसमेत गठन गरिएको संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *