इराकमा रकेट आक्रमण

डिसी नेपाल
१३ चैत २०७६ १९:२५

बग्दाद । इराकको राजधानीमा बिहीवार सबेरै रकेट आक्रमण भएको छ । उच्च सुरक्षा व्यवस्था गरिएको ‘ग्रीन जोन’ मा आक्रमणकारीले दुई रकेट प्रहार गरेका हुन् । घटनास्थललाई अमेरिकी नेतृत्वको गठबन्धन सेनाले छाड्न लागेको केहि घण्टा अगाडि आक्रमण भएको इराकी अधिकारीले बताएका छन् ।

इराकमा झण्डै ७५ हजार अमेरिकी नेतृत्वको गठबन्धन सेना रहेका छन् । उनीहरू जिहादी विद्रोहीसँग लड्नका लागि इराकमा अमेरिकी नेतृत्वमा गठबन्धन सेनाको परिचालन गरिएको छ । तर पछिल्लो महिना उनीहरूको सङ्ख्या घट्दै गइरहेको जनाइएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीका कारण उनीहरूको भूमिका समेत कमजोर भएको बताइएको छ । घटनामा परि मानविय क्षतिको विवरण प्राप्त भएका छैन । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *