आपत्कालिन रणनीति बनाउन सरकारलाई नागरिक अगुवाहरुको सुझाव

डिसी नेपाल
१३ चैत २०७६ २०:३१

काठमाडौं । जनस्वास्थ्यका लागि नागरिकले कोरोना संक्रमण फैलिन नदिन आपतकालिन रणनीति बनाउन सरकारलाई सुझाव दिएका छन् । डाक्टर महेश मास्के, कनकमणि दिक्षित, शुशिल प्याकुरेल लगायत नागरिक अगुवाले विहिबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेरलाई भेटी संक्रमण फैलिन नदिन तत्काल प्रदेश र स्थानीय निकायसंग समन्वय गरि आपतकालिन रणनीति बनाउन सुझाएका हुन् ।

कोरोना संक्रमण फैलिएका देशबाट धेरै संख्यामा नेपाल फर्किएका नागरिकलाई सुरुमै क्वारेन्टाईनमा नराख्नु र उनीहरुको टे«स पनि नहुनुले जोखिम बढाएको भन्दै उनीहरुले शंकास्पदहरुको तत्काल पहिचान गरि क्वारेन्टाईनमा राख्ने व्यवस्था कडाईका साथ गर्न माग गरेका छन् । स्थानीय र प्रदेश सरकारसंग समन्वय गरि फ्लु आउटब्रेक भएको वा नभएको बारे दैनिक जानकारी लिनुको साथै क्वारेन्टाईनमा बस्न भनिएका व्यक्तिको संख्या एकिन गर्न पनि उनीहरुले सुझाएका छन् ।

जनस्वास्थ्यका लागि नागरिकले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सामाग्रीको आपूर्ति तत्काल गर्न , तत्काल आपूर्ति गर्ने अवस्था नभए देशभित्रै पिपिई उत्पादन गर्ने काम सुरु गर्न, ल्याब÷उपचारको प्रोटोकल तयार गरी कन्ट्याक्ट टे«सिंग सुरु गर्न , लक्षण नदेखिएका तर विरामीको सम्पर्कमा आएका व्यक्तिलाई आईसोलेट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ्यका लागि नागरिकले केन्द्रमा एकिकृत कमाण्ड सञ्चालन गर्न तथा स्थानीय र प्रदेशको गतिविधि समेत समेटेर एकद्धारबाट दैनिक मिडिया ब्रिफिङ गरि सूचना सम्प्रेषणको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

बन्दाबन्दीका कारण रोजगारी गुमाएका कमजोर वर्ग, दैनिक ज्यालादारी, नाङ्लो पसल आदि सञ्चाल गर्नेका लागि राहत कार्याक्रम ल्याउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *