न्यूजील्याण्डमा मस्जिदमा गोली हानी ५१ जना मुस्लिम मार्ने टेरेन्ट १ वर्षपछि दोषी ठहर

डिसी नेपाल
१४ चैत २०७६ ८:३२

क्राइस्टचर्च। न्यूजिल्याण्डको क्राइस्टचर्चमा २ मस्जिदहरु अल नूर र लिनउडमा अन्धाधुन्ध गोली हानेर ५१ जनाको ज्यान लिनेअस्ट्रेलियाली नागरिक ब्रेन्टर हेरिसन टेरेन्ट दोषी ठहर भएका छन् । उनलाई ५१ जनाको हत्या, ४० जनाको हत्याको प्रयास र आतंक फैलाएको आरोपमा दोषी ठहर गरिएको छ । टेरेन्टलाई जाय ुनाउन भने बाँकी नै छ । गत वर्ष भएको आक्रमणमा ५१ जना मुस्लिमले ज्यान गुमाएका थिए ।

१५ मार्च २०१९ मा टेलरले मस्जिदमा नमाजका लागि बसेका मुस्लिमहरुमाथि अन्धाधुन्ध गोली चलाएका थिए । उनलाई आक्रमणको २१ मिनेटपछि पक्राउ गरिएको थियो । टेरेन्टले यो नरसंहारको सामाजिक संजालमा लाइभ प्रसारण समेत गरेका थिए । आक्रमणपछि न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले बन्दूक कानुनमा परिवर्तन गरेकी थिइन् । आक्रमणमा ५० भन्दा धेरै घाइते भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *